neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबि बैंकद्धारा अन्तर्राष्ट्रिय वित्त निगम संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर

एनएमबि बैंकद्धारा अन्तर्राष्ट्रिय वित्त निगम संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर

Jun 30th, 2020

काठमाडौ, असार १६

एनएमबि बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी) बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ । एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।

उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी.र आईएफसीका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ श्री सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ ।
यो समझदारीले मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेेछ । अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिनेछ ।