काठमाडौ असार १६
हिमालय एअरलाइन्स् र हुवावे क्लाउडबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा आईतबार दुई कम्पनीबीच हस्ताक्षर भएको हो । सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरेका थिए ।
सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।
हिमालय एअरलाइन्स्लाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा भर्चुअल माध्यम मार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलरझाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको समुपस्थिति रहेको थियो । दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताए । उनले यी दुई कम्पनीहरुका साथसाथै नेपालमा चिनीयाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिक नवीनतम विधिहरु अपनाउदै महामारी अवधि पश्चात उपयुतm व्यावसायिक प्रारुपहरु सृजना गर्न तथा यसबाट नेपाल र चीनबीचको बी.आर.आई सहकार्यमा समेत सार्थक योगदान हुने आशा गर्न सकिने अपेक्षा गरे ।
तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पु¥याएको बताए । उनले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्धारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा संचालन, वीन–वीन विकास प्राप्त गर्ने पनि आशा व्यतm गरे । साथै, तिब्बत क्षेत्रले बाह्य लगानी उद्यमका क्षेत्रहरुको विकासमा सहयोगलाई निरन्तरता दिने बताए ।
हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने बताए । सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेश्रो पक्ष सहकार्यका लागि स्वागत समेत गरे ।
हिमालय एअरलाइन्स्को उड्डयन क्षेत्रको अनुभवलाई आत्मसात गर्र्दै यस अवसरको उचित प्रयोग गरी हिमालय एअरलाइन्स्को डिजीटल रुपान्तरणका साथ प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्वि गरी व्यवसायिक सम्भाव्यता वृद्वि गर्न सकिने हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनले बताए । आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइ.सी.टी प्रविधिहरु (हुवावे क्लाउड र ए.आई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइ.सी.टी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रि तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् । आगामी दिनमा हिमालय एअरलाइन्स्, हुवावे र अन्य तेश्रो पक्षहरुसँग यात्रु र कार्गो यातायात प्रणालीसँग सम्बन्धित सम्पूर्ण किसिमका सहकार्यहरुका लागि तत्पर रहने जनाएको छ ।