neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल स्टक र गुडविल फाईनान्सबिच सम्झौता

नेपाल स्टक र गुडविल फाईनान्सबिच सम्झौता

Jun 30th, 2020

काठमाडौ, असार १६

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र गुडविल फाईनान्सबिच सम्झौता भएको छ । आज मंगलबार नेप्से र गुुडविलबिच ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको दुुई लाख ५० हजार थान १२ प्रतिसत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआइािएल एस क्यापिटल मार्फत् २,५०,००० थान १२ प्रतिसत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २,५०,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । ऋणपत्र सूचीकरण सम्झौतापत्रमास्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका हुुन ।