neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप १४ जना कोरोना सङ्क्रमित थपिए,थप ६० जना डिस्चार्ज

काठमाडौं उपत्यकामा थप १४ जना कोरोना सङ्क्रमित थपिए,थप ६० जना डिस्चार्ज

Jun 30th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार १६

काठमाडौंमा थप १४ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १४ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

त्यसमध्ये काठमाडौं जिल्लामा ५ महिला र ७ पुरुष ,ललितपुर र भक्तपुरमा एकरएक जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

थप ६० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ महिला र ५१ पुरुष गरी कूल ६० जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३ हजार १९४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi