neapl investment mega bank
  • गृहपृष्ठ
  • खोलाबाट बालुवा चोरी गरेको अभियोगमा पक्राउ

खोलाबाट बालुवा चोरी गरेको अभियोगमा पक्राउ

Jun 30th, 2020

काठमाडौं, असार १६

काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित मनोहरा खोलाबाट बालुवा चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ३ घर भएका ४० वर्षीय बुद्ध लामा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खोलामा बा.२ क९११ नम्बरको मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी टिपर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।