neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jun 30th, 2020

काठमाडौं, असार १६

तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ३ सय ग्राम सहित कास्की रुपा गाउँपालिका ५ बस्ने २५ वर्षीय तेज बहादुर गुरुङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पुल नजिक सडकमा रोकी राखेको ग.१५ प ६६४० नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेपछि तथा निजसँगै रहेका अन्य ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका ८ डेरा गरी बस्ने बैतडीपाटन नगरपालिका ३ घर भएका २९ वर्षीयरबिन पाण्डेयलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तोदेखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको डेरा कोठामा लागूऔषध लुकाईछिपाई राखेकोभन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi