neapl investment mega bank
  • गृहपृष्ठ
  • रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

Jun 29th, 2020

काठमाडौँ, १५ असार

दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताउनुभयो । दलित अधिकारकर्मी रेणु सिँजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारवाही नगरेको गुनासो गर्नुभयो । सो घटनामा छ जनाको मृत्यु भएको थियो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi