neapl investment mega bank
  • गृहपृष्ठ
  • स्रोत नखुलेको रु ६५ लाख सहित दुई पक्राउ

स्रोत नखुलेको रु ६५ लाख सहित दुई पक्राउ

Jun 29th, 2020

काठमाण्डौ, असार १५

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजार सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज दिउसो १५ः०० बजे काठमाण्डौ महानगरपालिका १४ कुलेश्वरबाट सोहि ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको छ ।

अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।