neapl investment mega bank
  • गृहपृष्ठ
  • बिदेशमा अलपत्रहरुको उद्धार , तीन वटा देशबाट छ सय जनाको उद्धार

बिदेशमा अलपत्रहरुको उद्धार , तीन वटा देशबाट छ सय जनाको उद्धार

Jun 29th, 2020

काठमाडौ, असार १५

बिदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गर्ने क्रममा तीन वटा देशबाट छ सय जनाको उद्धार गरिएको छ । सिसिएमसीका अनुसार आज सोमबार मलेसिया, कतार र कुुवेतबाट उक्त संख्यामा अलपत्रहरुको उद्धार गरिएको हो ।

कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज असार १५ गतेका दिन कतारबाट एक सय ४८, मलेसियाबाट एक सय ३९, कुुवेतबाट एक सय ६० र मलेसियाबाट एक सय ५७ जनाको उद्धार गरिएको हो । सो मध्ये तीन वटा सव समेत रहेको सिसिएमसीले जनाएको छ ।

उद्धार गरिएकाहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ । उक्त होल्डिङ सेन्टरहरुमा उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi