आधारभूमि संवाददाता
काठमाडौ, असार १५
पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज जम्मा ४७६ जनाको पिसिआर पोजेटिभ आएको जानकारी दिए ।
योसँगै संक्रमितको कूल संख्या १३ हजार २४८ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ३१३४ जना घर फर्किसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ। प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ ।