neapl investment mega bank
  • गृहपृष्ठ
  • क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार गरियो

क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार गरियो

Jun 28th, 2020

बैतडी, १४ असार

क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् ।

दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहनुभएको थियो । शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको आज दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौैँ ।” शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताउनुभयो ।

मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब सङ्कलन गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना सङ्क्रमित रहेका छन् । भने जिल्लाभरि २३३ जनामा कोरोना पुष्टि भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi