neapl investment mega bank
  • गृहपृष्ठ
  • सालको काठ ल्याउँदै गरेको अवस्थामा २ जना पक्राउ

सालको काठ ल्याउँदै गरेको अवस्थामा २ जना पक्राउ

Jun 28th, 2020

धादिङ, १४ असार

निलकण्ठ नगरपालिका-१२ दामगाडेबाट बा.३ ख ८७०३ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको सालको काठ ३७.८४ क्यु फिट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ट्रकका चालक निलकण्ठ नगरपालिका-१२ आपस्वाँरा बस्ने २९ वर्षीय टिकाराम श्रेष्ठ र ट्रकमा सवार सोही नगरपालिका बस्ने ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले धादिङवेसीतर्फ आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको काठ फेला पारी उनीहरुलई पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरुलाई बरामद काठ सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi