neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतमा एकै दिनमा १८ हजार सङ्क्रमित, कुल सङ्क्रमित पाँच लाख पुगे

भारतमा एकै दिनमा १८ हजार सङ्क्रमित, कुल सङ्क्रमित पाँच लाख पुगे

Jun 27th, 2020

नयाँदिल्ली,१३ असार

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना सङ्क्रमित भएका हुन् ।

गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ सङ्क्रमित थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिले एक लाख ९७ हजार ३८७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमणमुक्त हुनेहरुको संख्या दुई लाख ९५ हजार ८८० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ६८५ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई