neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रोत नखुलेको रकम सहित पक्राउ परेका व्यक्तिहरु सम्बन्धमा अनुसन्धान शुरु

श्रोत नखुलेको रकम सहित पक्राउ परेका व्यक्तिहरु सम्बन्धमा अनुसन्धान शुरु

Jun 27th, 2020

पर्सा, असार १३

छिपहरमाई गाउँपालिका ३ स्थितबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ३ लाख ५३ हजार सहित पक्राउ परेका २ जना व्यक्तिहरू सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

रकम सहित पक्राउ पर्नेहरुमा छिपहरमाई गाउँपालिका-२ बस्ने ३३ वर्षीय जन्मजय यादव र १९ वर्षीय रन्जय बैठा रहेका छन् । सशस्त्र प्रहरी बल बिओपी भिष्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर २२ भि ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई शुक्रबार साँझ उक्त नगद सहित फेला पारी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएपछि प्रहरीले अनुसन्धान शुरू गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi