neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

Jun 27th, 2020

काठमाडौँ, १३ असार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेको बताइएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी थिए । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

प्रवक्ता गौतमले भन्नुभयो, “आज हाम्रो अनुरोध छ, विश्वव्यापी कोभिड–१९ महामारीका सन्दर्भमा विभिन्न भ्रमहरु फैलाउने क्रम देखिँदै आएको छ, यो रोग विश्वव्यापी रुपमै नयाँ रोग हो, यसको रोकथाम र नियन्त्रण उपायबारे धेरै वैज्ञानिक अध्ययन–अनुसन्धानमा लागिरेहका छन् तर पनि विभिन्न समयमा व्यक्ति वा समूहको निहित स्वार्थका कारण भ्रम सिर्जन गर्ने काम भएरहेको छ, भ्रमबारे मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दछौँ ।”

उहाँले ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र त्यसलाई घाँटीमा झुन्ड्याएमा कोरोना निको हुन्छ भनेर अनावश्यक भ्रम फैलाएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi