neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार , चार वटा देशबाट एकैदिन फर्किए नौ सय नेपाली

कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार , चार वटा देशबाट एकैदिन फर्किए नौ सय नेपाली

Jun 26th, 2020

काठमाडौ, असार १२

कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका नौ सय भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा शुक्रबार रातीसम्म चार वटा देशबाट छ वटा उडानमार्फत उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।

सो मध्ये बहराईनबाट एक सय ४१, बहराईन कै उडानबाट एक सय २९, कुवेतबाट एक सय ६०, मलेसियाबाट एक सय ४८ युएईबाट एक सय ५८ र मलेसियाबाट पुन एक सय ५८ जना स्वदेश फिर्ता भएकाछन ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi