काठमाडौ, असार १२
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्श प्लेट्फार्म खेती फु्डससँग आफ्नाग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेल पे खेती अफरको लागि सहकार्य गरेको छ । सम्झौता अनुसार यो अफर असार ११ गते देखि सुरु भएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले खेती एप्पवा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिसतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार भन्दामाथि रकमको सामानको खरिदमा एक किलो टमाटर सितैमा पाउनेछन् । सेलपे खेती अफरमा सहभागीभई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र पे भिआ सेल पे मा ट्याप गरि आफ्नो सेल पे युजर नेम र पासर्वड राखी बैंक छनौट गरेर भुक्तानी गर्नुुपर्ने छ । अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्र्न सकिने छ ।
सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्यविशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षि, लोयाल्टी पोइन्ट्स पाईने आदि रहेकाछन । सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड-१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहजरुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।