neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनको रीङ चोरी गरेको अभियोगमा दुई जना पक्राउ

सुनको रीङ चोरी गरेको अभियोगमा दुई जना पक्राउ

Jun 26th, 2020

भक्तपुर, असार १२

चाँगुनारायण नगरपालिका ४ छाप बस्ने ४५ वर्षीया महिलाको सुनको रीङ चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने ३ घर भएका ३१ वर्षीय बिशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।

ती महिला सोही ठाउँस्थित चिहानडाँडा जंगलमा घाँस काट्न गएको अवस्थामा उनीहरुले कानमा लगाएको सुनको रीङ तानी जंगलै जंगल भागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखु, महानगरीय प्रहरी प्रभाग चाँगुनारायण र स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा काठमाडौं शंखरापुर नगरपालिका ६ सलम्बुटारमा सुनको रीङ २ थान र खुकुरी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi