काठमाडौँ, १२ असार
ललितपुरको पुल्चोकमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ तयार गर्दै । करीब १५ दिनमा रथ निर्माण गर्ने गरी गत बुधबार (असार १० गते) बाट शुरु गरिएको हो । मच्छिन्द्रनाथको रथ यात्रा सबै भन्दा लामो जात्राको रुपमा पनि लिइन्छ ।
तस्वीर : रत्न श्रेष्ठ/रासस