पर्सा, १२ असार
बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बिहीबार प्रहरीले बरामद गरेको छ ।
भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।