neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

Jun 26th, 2020

ललितपुर, १२ असार

गोदावरी नगरपालिकाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने भएका छन् । नगरपालिका गठन भएपछि वडाहरु टुक्रिएसँगै तिनमा कमै मात्रामा स्वास्थ्य सेवाको सुविधा छ ।

गोदावरी –६ र ११ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न चालु आर्थिक वर्षमा बजेट प्रदान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा ६ मा धमाधम भवन निर्माणको काम शुरु हुने भएको छ भने वडा ११ मा भवन निर्माणका लागि छलफल गरिरहेका छाँै ।” केन्द्रको भवन निर्माणपछि विभागले आवश्यक कर्मचारीसमेत व्यवस्थापन गरिदिने महर्जनले जानकारी दिनुभयो ।
विभागले पहिलो चरणमा भवन निर्माणका लागि रु साढे ११ लाख बजेट दिएको छ । अपुग रकम विभागले नै दिने जनाएको ६ का वडाध्यक्ष विष्णुमान महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा ६ कोठाको एकतले भवन बनाउने भएका छाँै । विभागले आउँदो आर्थिक वर्षमा पुनः रकम दिएपछि साढे दुई तलासम्मको भवन निर्माण गर्ने योजना बनाएका छाँै ।” गोदावरीका कूल १४ वडामध्ये दुई वडामा कमै मात्र स्वास्थ्य सेवासुविधा छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi