neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ को निधन

बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ को निधन

Jun 25th, 2020

रुपन्देही, ११ असार

बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताउनुभयो ।

पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।
रासस

aadharbhumi
aadharbhumi
aadharbhumi