neapl investment mega bank
  • गृहपृष्ठ
  • संरक्षित वन्यजन्तुको आखेटो पहार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

संरक्षित वन्यजन्तुको आखेटो पहार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

Jun 25th, 2020

काठमाडौं, असार ११

संरक्षित वन्यजन्तुको आखेटोपहार ओसार पसार मुद्दाका फरार प्रतिवादीकाठमाडौं महानगरपालिका-६ बौद्धबस्ने हुम्लानाम्खा गाउँपालिका ६ घर ठेगाना भएका ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सिमलटारबाट फेला पारी उनलाई पक्राउ गरेको हो । २०६२ भदौ १६ गते रसुवा साविक स्याफ्रु गाविस-९ मा पाटे बाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला२ सय ३८ थान र बाघको हड्डी १ सय १३ के.जी. आखेटोपहार सहित पाँच जना मानिसहरु पक्राउ परि दोषी ठहर भई कैद भुक्तान समेत गरी सकेको उक्त मुद्दामा संलग्न मुख्य अभियुक्त तामाङ वारदात मितिदेखि नै फरार रहेका थिए ।

तामाङलाई आवश्यक कारवाहीको लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवामा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । साथै तामाङ वन्यजन्तु सम्बन्धि बिभिन्न अपराधमा संलग्न रही सोही ब्यूरो र ईन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा रहेको उक्त ब्यूरोले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi