neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप ९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना सङ्क्रमित थपिए

Jun 25th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार ११

काठमाडौंमा थप ९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ९ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ३ महिला र ६ पुरुष रहेको बताए ।

प्रवक्ता अनुसार काठमाडौंबाट २ महिला, २ पुरुष, भक्तपुरबाट १ महिला, ३ पुरुष र ललितपुरबाट १ जना पुरुष थपिएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi