neapl investment mega bank
  • गृहपृष्ठ
  • आज थप ३१२ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २६५० पुग्यो

आज थप ३१२ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २६५० पुग्यो

Jun 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार ११

नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ३१२ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा २९३ जना पुरुष र १९ जना महिला रहेको गौतमले बताए ।

योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २६५० पुगेको छ । जसमा महिला २१६ र पुरुष २४३४ जना रहेका छन् । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म २६ जनाले ज्यान गुमाएका छन्।

aadharbhumi
aadharbhumi
aadharbhumi