neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको टिकाथलीका कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो

ललितपुरको टिकाथलीका कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २६ पुग्यो

Jun 25th, 2020

आधारभूमि संवाददाता
ललितपुर, ११ असार

कोरोना भाइरसका कारण ललितपुरमा थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको विहीबार बिहान ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन घर भई ललितपुरको महालक्ष्मी न.पा ५ टीकाथली डेरा गरि बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । असार ४ गते कोरोना संक्रमणको पुष्टी भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उनको उपचार हुँदै आएको थियो । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi