neapl investment mega bank

तिलाको दूषित पानी पिउन बाध्यता

Jun 25th, 2020

खलङ्गा,११ असार

जुम्लाको तातोपानी गाउँपालिका– १ बाइराँका गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला नदीको दूषित पानी पिउनुपरेको समाचार पटक पटक सञ्चारमाध्यममा आए तापनि गाउँपालिकाले चासो नदिँदा सो वडावासी वर्षौँदेखि स्वच्छ खानेपानीको पहुँचमा पुग्न नसकेको स्थानीयवासी हेमन्त शाहीले बताउनुभयो ।

करीब १३० घरधुरी भएको सो गाउँमा तीन धारा मात्रै छन् । धारामा पानी आउन्जेल पालो पाउनेले भर्छन्, बाँकीले नदीको पानीबाट तिर्खा मेट्छन् । यहाँका किसानलाई जेठ र असार महिना कामको चाप अत्यधिक हुन्छ । कामबाट घर ढिलो फर्केएपछि धाराको पानी लिन राति पुग्ने गरेको स्थानीयवासी कमला शाहीले बताउनुभयो ।

समय भएको दिन दूषित पानी उमालेर पिए पनि कामबाट अबेर आएको दिन त्यसै पिउनुगरेको शाहीको गुनासो छ । बालिका विमला शाहीले सरसफाइ गर्ने मन हुँदाहुँदै पनि पानी अभावले फोहरी हुनुपर्ने बाध्यता रहेको दुखेसो पोख्नुभयो ।

छिमेकी वडाबाट यही असारमा बाइराँकामा पानी पु¥याउने गरी काम शुरु भएपनि बन्दाबन्दीपछि काम रोकिएकाले अबको तीन महिनाभित्र गाउँमा खानेपानी पुग्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi