भक्तपुर, असार ११
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सम्वद्ध यूथ भोलन्टियरले एमसीसी विरुद्ध नाराबाजी गर्दै मसाल जुलुस सम्पन्न गरेको छ ।
राष्ट्रघाती एमसीसी खारेज गर, भ्रष्टाचारी सरकार मुर्दावाद, राजसंस्था जिन्दावादको नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो । पीसीआर अनिवार्य गर, हिन्दु राष्ट्र राष्ट्रवादको नारा समेत लगाएको थियो ।
युवाहरूको व्यापक सहभागितामा बुधबार साँझ सम्पन्न कार्यक्रम दरबार स्क्वायर डबलीमा आएर सम्पन्न भएको थियो ।