neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा (विप्लव समुह) का कार्यकर्ता पक्राउ

नेकपा (विप्लव समुह) का कार्यकर्ता पक्राउ

Jun 25th, 2020

ललितपुर, असार ११

नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) को अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्लाका उपाध्यक्ष निगम भन्ने नरेन्द्र वहादुर भण्डारीलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार राज्य विरुद्द द्धेष फैलाउने किसिमले नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) संग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समुहमा आवद्ध हुनुपर्छ स्थानिय छरछिमेकी एवं जनमानसलाई डर त्रासमा पारी आतंकित एवं हैरान पार्ने जस्ता गतिविधिमा संलग्न हुँदै आएकोले महानगरीय प्रहरी परिसर ललितपुरवाट खटिएको प्रहरी टोलीले आज बुुधबार साँझ १७ः३० वजेको समयमा ललितपुर वालकुमारीवाट पक्राउ गरिएको हो । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi