neapl investment mega bank
  • गृहपृष्ठ
  • अनलाईन कारोवारको नाउँमा ४० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ

अनलाईन कारोवारको नाउँमा ४० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ

Jun 24th, 2020

काठमाडौ, असार १०

अनलाईन कारोवारको नाउँमा ४० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरु पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुका अनुसार भाईवर, ह्वाटस अप, इमो लगायतका सोसल मिडियाहरुको दुरूपयोग गरी अनलाईको माध्यमबाट ४० लाख रुपैयाँको चिठा परेको छ भनि प्रलोभन पारी नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई नगद सहित अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाएको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा पुकार बर्मा, २४ वर्ष (जि.झापा,भद्रपुर न.पा. हाल का.जि.का.म.न.पा.वडा नं.२१ कोहिटी), नविन भण्डारी, २२ बर्ष (जि.काभ्रे, सिम्थली गा.वि.स.वडा नं.०२ हाल का.जि.टेकु), आकास अग्रवाल, १९ वर्ष (जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी), एमडी सर्फराज, २२ वर्ष (सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत, हाल का.जि.टंकेश्वर), एस अग्रवाल, १८ वर्ष (जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी), कृष्ण प्रसाद साह, ३० वर्ष (जि.पर्सा, विरगंज म.न.पा.वडा नं.२९), र सुनिल साह, २० वर्ष (जि.पर्सा, विरगंज म.न.पा.वडा नं.३२) बस्ने रहेकाछन ।

प्रारम्भिक अनुसन्धानबा उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट लाखौं रकम ठगी गरी पिडित बनाएको, पिडित व्यक्तिआफू ठगिएको थाहा पाए पश्चातः मानसिक रूपमा विच्छिप्त हुने गरेको, पिडित व्यक्तिले ीयततभचथ प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतिय गिरोह समेतको संलग्नता रहेको देखिन आएको र करोड भन्दा बढि रकम ठगहरूले लिईसकेको खुुलेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi