neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध गाँजा तथा जंगली जनावरको अङ्ग सहित ३ जना पक्राउ

अवैध लागूऔषध गाँजा तथा जंगली जनावरको अङ्ग सहित ३ जना पक्राउ

Jun 24th, 2020

सुनसरी, १० असार

धरान उपमहानगरपालिका-२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट अवैध लागूऔषध गाँजा र जंगली जनावर अङ्ग सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा को.२ ह ५४४७ नम्बरको ट्याम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका-१ छिन्ताङ घर भई सुनसरी धरान उपमहानगरपालिका-११ सिमाना चोक बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँ घर भई हाल धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने १९ वर्षीय दिनेश भन्ने सबिन राई र उदयपुर कटारी नगरपालिका-२ ताप्ली घर भई सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने २० वर्षीय सागर राई रहेका छन् ।

बिष्णुपादुकाबाट धरानतर्फ यात्रु लिई जाँदै गरेको उक्त ट्याम्पोलाई शंका लागि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा यात्रु बस्ने सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा करिब २ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाँख १८ वटा, जंगली जनवार घोरलको सिङ जस्तो देखिने साना सिङ ४ वटा, कस्तुरीको सिङ जस्तो देखिने छाला सहितको २ वटा सिङ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi