neapl investment mega bank
  • गृहपृष्ठ
  • माछा बिक्री गरी साथमा बोकेर ल्याएको नगद लुटपाट

माछा बिक्री गरी साथमा बोकेर ल्याएको नगद लुटपाट

Jun 24th, 2020

सप्तरी, १० असार

राजगढ गाउँपालिका-४ बस्ने जिबु यादवको माछा बिक्री गरी साथमा बोकेर ल्याएको नगद १ लाख १ हजार रुपैयाँ मंगलबार राति लुटपाट भएको छ ।

स.१ च १७१० नम्बरको पिकअप गाडीमा घरतर्फ आउने क्रममा उनलाई सिरहा डाकनेश्वरी नगरपालिका-९ पत्थरगाढास्थित सडकबाट सोही ठाउँ बस्नेहरु सूर्य नारायण साह र देवु साह समेत गरी करिब ३/४ जना मिलेर उक्त भेनलाई रोकी यादवलाई कुटपिट गरी घाइते बनाई उक्त रकम लुटपाट गरेको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi