neapl investment mega bank
  • गृहपृष्ठ
  • किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको अभियोगमा पक्राउ

किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको अभियोगमा पक्राउ

Jun 24th, 2020

पर्सा, १० असार

किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१३ बस्ने चितवन भरतपुर महानगरपालिका-६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय बीरगंजमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मिराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi