neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार , पाँच वटा देशबाट एकैदिन फर्किए पाँच सय भन्दा बढी नेपाली

कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार , पाँच वटा देशबाट एकैदिन फर्किए पाँच सय भन्दा बढी नेपाली

Jun 23rd, 2020

काठमाडौ, असार ९

कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा मंगलबार रातीसम्म कतारबाट एक सय ४४, कुवेतबाट एक सय ६०, थाईल्याण्डबाट ७२ र माल्दिभ्सबाट एक सय ४३ समेत गरी झण्डै पाँच सय जनालाई स्वदेश फिर्ता गरिएको हो ।

अष्टेलियाबाट भने आज राती १०ः४० बजे ल्याईने सिसिएमसीले जानकारी दिएको छ । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi