neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

Jun 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,९ असार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको असार ५ गते मृत्यु भएको जानकारी दिनुभयो ।

उनको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको क्रममा हिजो असार ८ गते मृत्यु भएको हो । निज क्षयरोग र दमका बिरामी रहेका थिए ।

दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मृतक व्यक्तिको यही असार ३ गते स्याब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यससँगै  नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi