neapl investment mega bank
  • गृहपृष्ठ
  • लुकाई छिपाई राखेको जंगली जनावरको छाला तथा हड्डी सहित तीन जना पक्राउ

लुकाई छिपाई राखेको जंगली जनावरको छाला तथा हड्डी सहित तीन जना पक्राउ

Jun 23rd, 2020

बाजुरा, असार ९

त्रिवेणी नगरपालिका ६ पन्धाराबाट लुकाई छिपाई राखेको जंगली जनावरको छाला तथा हड्डीहरु सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने २३ वर्षीय खगेन्द्र खड्का,सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय राम बहादुर अयडी र बडिमालिका नगरपालिका ५ मना बस्ने २४ वर्षीय बिर्क साउँद रहेका छन् । उनीहरुको साथबाट चितुवाको छाला २ थान, रतुवाको छाला २ थान, घोरलको छाला २ थान, चितुवाकोहड्डी ५ थान, भालुको पित्त १ थान, रतुवा र घोरलका खुट्टा,सिंग ७ थान र बँदेलको थुतुनो १ थान प्रहरीले बरामद गरेको छ ।

त्रिवेणी नगरपालिका ६ पन्धारा बस्ने लाल बहादुर बुढाको घरमा जंङ्गली जनावरको छाला तथा हड्डीहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको छाला तथा हड्डीहरु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार रहेका लाल बहादुरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi