neapl investment mega bank
  • गृहपृष्ठ
  • सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकहरु पक्राउ

सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकहरु पक्राउ

Jun 23rd, 2020

काठमाडौं, असार ९

सवारी साधनहरू सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका २ घर भएका ३७ वर्षीय सूर्य किरण कर्मचार्य र कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी नगरपालिका-१ घर भएका ३१ वर्षीय लोक बहादुर खत्री रहेका छन् ।

पक्राउ परेका चालकमध्ये कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्याीउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल भारत रुपेडिया नाकाबाट ३ जना यात्रुहरू तथा नेपालगन्जबाट ४ जना यात्रु गरी ७ जना यात्रुहरु लिई आएको तथा यात्रुबाट २१ हजार रुपैयाँ असुल गरेको र खत्रीले उद्योग, बाणिज्य तथा आपुर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुहरूबाट१८ हजार रुपैयाँ भाडा असुल गरि लिई आएको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

नेपाल सरकारले कोभिड १९ रोकथामको लागि संक्रामक रोग २०२० को दफा २ “ बिशेष व्यस्था गर्ने अधिकार“ प्रयोग गर्दै एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ । सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नम्बर १ (ड) मा यात्रुबाहक सार्वजनिक सवारी साधन संचालन नगर्ने व्यवस्था समेत गरेकोमा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड १९ रोगको जोखिमलाई वेवास्ता गरी संक्रामक रोग ऐन, २०२० मा उल्लेखित कानुनी व्यवस्थाको उल्लङघन गरेको हुँदा निजहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi