neapl investment mega bank
  • गृहपृष्ठ
  • अपराधिक क्रियाकलापमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ

अपराधिक क्रियाकलापमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ

Jun 23rd, 2020

बाँके, असार ९

हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम मागगर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका ३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहनुका साथै जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भईफरार रहेकाउनको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले डुडुवा गाउँपालिका ५ स्थितबाट तरवार १ थान र चक्कु १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिवादी यादवलाई जिल्ला अदालत बाँकेको अपहरण मुद्दामा २०७१ फागुन १७ गतेको फैसलाले ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना, भुमिसुधार कार्यालय बाँकेमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना, मालपोत कार्यालयमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना भएको थियो भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण गरी हत्या, अपहरण गर्ने धम्की तथा हातहतियार खरखजना मुद्दामा समेत यादव संलग्न रही फरार रहेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi