neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीले लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनीको जिम्मा

ट्राफिक प्रहरीले लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनीको जिम्मा

Jun 23rd, 2020

काठमाडौ, असार ९

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु लकडाउनको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ । उपत्यकाका म्हैपि, बालकोट, किर्तिपुर, ठमेल, सिनामंगल, बसुन्धारा, नयाँ बजार, बानियाटार, चोभार, कपन, बुढानिलकष्ठ्, गोकर्णेश्वकर, ठमेल, कुमारीपाटी, नयाँ बसपार्क, केशरमहल, न्यूरोड, टोखा, पुरानो बानेश्व र, ठमेल, ट्रामा सेन्टर, न्युरोड, महाराजगंज, नयाँबस्ती , किर्तिपुर, पशुपती पार्किङ, मण्डिकाटार, भिमसेनगोला र चावाहिल लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज मंगलबार सम्बन्धीत धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुुन ।

महाशाखाका प्रमुख भिम ढकालले भने “पार्किङ्ग स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको कम्पाउण्ड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ्ग गरिने स्थानहरुमा असुरक्षित पार्किङ्ग गरेर, अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अबस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापार्वाही गरेर मोटरसाईकल बढी चोरी हुन्छन् ।’’
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए ।

आज श्याम बहादुर खाती, बालकृष्ण श्रेष्ठ, दिपेन्द्र कुँवर,रिना मगर, सञ्जय महत्तो, धन कुमार चेम्जोङ, विश्व् कुमार बस्नेत, रोजन श्रेष्ठृ, अनिल थापा, पुरन राई,राम कुमार थापा, मिलन सुनुवार (सिन्धुली), संघर्ष स्वणकार, मिमांसा महर्जन, बम बहादुर विश्व कर्मा, अन्त प्रसाद श्रेष्ठर (पाल्पा), राम कुमार शाही, बेल बहादुर सिजाली, दिपेन्द्र प्रधान, नेश थापा, राधा कृष्ण थुवाजु, ओम कृष्ण खड्गी, राजकुमार कार्की, अनिल लामा, आशिष साँउद, राज कुमार मगर, बिक्रम के.सी., गणेश कुमार गिरी, वोजराज श्रेष्ठ रकुमार तामाङका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले यस आ.व. ०७६ र ०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi