neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

Jun 23rd, 2020

काठमाडौ, असार ९

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडार टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न.७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश एक लाख ५० हजार र एक लाख ६५ हजार रुपैयाँ समेत गरी कुुल तीन लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका अनुसार यही असार दुुई गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमकाबिच बंैकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका हुुन । यसैगरी असार आठ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमकाबिच शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लबअफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका हुुन । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।