neapl investment mega bank
  • गृहपृष्ठ
  • आज थप ७६ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २२२४ पुग्यो

आज थप ७६ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २२२४ पुग्यो

Jun 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार ९

नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ७६ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ६८ जना पुरुष र ८ जना महिला रहेको गौतमले बताए । यस अघि सोमबार ३३८ जना पुरुष र ३२ जना महिला गरि एकै पटक ३७० जना डिस्चार्ज भएका थिए।

योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २२२४ पुगेको छ । जसमा महिला १८९ र पुरुष २०३५ जना रहेका छन् । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi