neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा शुरु

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा शुरु

Jun 23rd, 2020

आधारभूमि संवाददाता

ललितपुर ,असार ९

ललितपुरको महालक्ष्मी नगरपालिकाले आठौं नगरसभा गर्दै छ । आजदेखि सुरु भएको सो सभा तीन दिनसम्म चल्ने छ ।

नगर सभामा वार्षिक नीति तथा कार्यक्रम, बजेट प्रस्तुत, छलफल र पारित हुँदैछ । सुरक्षा सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै नगर सभा गर्न लागिएको प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

सभामा नगर प्रमुखले नीति तथा कार्यक्रम र उपप्रमुखले बजेट पेस गर्दै छन् । नीति तथा कार्यक्रम र बजेटमाथि भोलि छलफल हुने छ भने बजेट तथा नीति कार्यमक्रम पारित गरिने जनाइएको छ ।

महालक्ष्मी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्ष २०७७र७८ को बजेटमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचार, श्रममा आधारिक कार्यक्रम, कृषिको यान्त्रिकरण र व्यवसायिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

साथै नगरपालिकाले कृषकको जीवनस्तर सुधार गर्न कोषसमेत निर्माण गर्ने, कोभिड १९ रोकथाम, उपचार र नियन्त्रणका लागि कोष निर्माण गर्दै रणनीतिक योजना बनाउनेछ । नगरपालिकाले शिक्षाको सुधार गर्ने र पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको जनाएको छ ।

यस नगरपालिका संघीय नेपालको बागमति प्रदेश अन्तर्गत ललितपुर जिल्लाको उत्तर पूर्व तर्फ महालक्ष्मी नगरपालिका अवस्थित छ । साथै पुरानो लुभु र सिद्धिपुर जस्ता साना शहरहरु नेवार संस्कृतिको नमुनाको रुपमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi