neapl investment mega bank

पहिरोमा पुरिएर ३ जनाको मृत्यु

Jun 23rd, 2020

पाल्पा, ९ असार

तानसेन नगरपालिका-११ सम्मोबारीस्थित सडकमा पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु.२ ख १३७६ नम्बरको ट्रक, लु.१ क १९२८ नम्बरको ट्याङ्कर र लु.२ च ७०४३ नम्बरको कार गरी ३ वटा सवारी साधनहरु पहिरोले बगाउँदा पहिरोमा पुरिएर ३ जनाको सोमबार दिउँसो मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरोले तीन वटा सवारी साधनहरु बगाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले घटनास्थलमा २ जना पुरुषको शव फेला पारेको थियो । घटनास्थलमा घाइते अवस्थामा फेला परेका १ जना पुरुषलाई उद्दार गरी उपचारको लागि मिसन अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । साथै सोही पहिरोका कारण सडक छेउमा रहेको लु.१ च ७०११ नम्बरको गाडी समेत सामान्य क्षति भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi