neapl investment mega bank
  • गृहपृष्ठ
  • आम्दानी गुमेपछि जग्गा धितोमा राख्ने बढे, ब्यापारीदेखि पान पसले सम्मलाई समस्या

आम्दानी गुमेपछि जग्गा धितोमा राख्ने बढे, ब्यापारीदेखि पान पसले सम्मलाई समस्या

Jun 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार ९

लकडाउनका कारण धेरैको आम्दानी गुमेको छ । जागीरेको तलब आएको छैन भने ब्यापारी व्यसायीको घरभाडा र बैंकको ब्याज बढेको बढ्यै छ। आम्दानी शुन्य भएकाले घरधन्दा चलाउन देखि ब्यापार व्यवसाय पुन सञ्चालन गर्नका लागि धेरैले अहिले आफुसँग रहेको सुन बेच्न थालेका छन् । जग्गा हुनेले भने जग्गा धितोमा राखेर ऋण निकाल्न लागेका छन् ।

जग्गा किनबेच ठप्प जस्तै छ । किनकी कसैसँग प्रशस्त मात्रामा पैसा छैन । फेरी लकडाउन दोहोरिने हो कि भन्ने भयले कोहि पनि थप लगानी गर्न तम्सीएको छैन । त्यसैले नै जग्गा बिक्री नभएपनि जग्गा धितो राखेर ऋण लिने क्रम बढेको छ । लकडाउन खुकुलो भएयताको पाच दिनमा करिब ६ हजार जनाले जग्गा धितोमा राख्ने कागजात बनाएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लकडाउन खुकुलो भएपछि मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।

लकडाउनले व्यापार व्यवसायमा नोक्सानी भएकाले खर्च चलाउन नसक्ने स्थिति आएपछि बैंकबाट ऋण लिनका लागि जग्गा धितो राख्ने क्रम बढेको छ ।

असार लागेपछिको चार दिनमा ६ हजार ४० जनाले जग्गा धितोमा राखेका छन् । तर किनबेच निकै न्यून छ । जबकि लकडाउन अघि धितो राख्ने भन्दा किनबेच दोब्बर बढी हुन्थ्यो ।

बैंकमा जग्गा धितो राखेर ऋण लिन किनबेच रोक्का गरेको मालपोतको पत्र चाहिन्छ । मालपोत कार्यालय ललितपुरबाट मात्र चार दिनमा १ सय ४६ जनाले त्यस्तो पत्र लिइसकेका छन् ।

देशभरका १ सय २६ वटा मालपोत कार्यालय मध्ये अहिले १ सय १८ वटा वटा सञ्चालनमा आएका छन् । तर कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएका क्षेत्रका ८ वटा मालपोत कार्यालय भने बन्द नै छन् ।

असार १ देखि खुलेका सबैजसो मालपोत कार्यालयमा जग्गा धितो राख्नका लागि रोक्का गरेको पत्र लिनेकै चाप छ । त्यस्तो पत्र लिनेमा घरायशी खर्च चलाउन आपत पर्ने देखि उद्योगी व्यवसायीसम्म छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi