neapl investment mega bank

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Jun 22nd, 2020

काठमाडौं, ८ असार

बारा, कलैया उपमहानगरपालिका-२३ बैराठपुरस्थित सडकमा अनटेष्ट मिक्चर मेसिन बाटोमा पल्टिएर च्यापिन जाँदा सोमबार बिहान मेसिनका सहचालक सप्तरी घर भएका ३२ वर्षीय उमाकान्त यादवको घटनास्थलमै मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, सिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा बा.५२ प ३९९० नम्बरको मोटरसाइकल पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.४ ख ८१६५ नम्बरको ट्रकमा सोमबार दिउँसो ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उक्त मोटरसाइकलका चालक निजगढ नगरपालिका-१० रतनपुर बस्ने ३५ वर्षीय डम्बर लामा र मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ४० वर्षीय राम बहादुर मोक्तान रहेका छन् । दुर्घटनामा लामाको घटनास्थलमै तथा गम्भीर घाइते भएका मोक्तानको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, धनुषाधाम नगरपालिका-९ कान्छी बजारस्थित सडकमा बा।५ ख ७६०७ नम्बरको बसले सोही नगरपालिका-९ कान्छी बजार बस्ने पैदलयात्री ७५ वर्षीया घुर्कीदेवी यादवलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिंदा सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi