neapl investment mega bank

पहिरोबाट सडक अवरोध

Jun 22nd, 2020

काठमाडौं, ८ असार

पाल्पा, तानसेन नगरपालिका-११ जोगीपानी, सोही नगरपालिकास्थित समोबारी र सोही नगरपालिका-५ ढुङ्गानीस्थित तानसेन-रिडी पक्की सडकखण्डमा सोमबार बिहानदेखि पहिरो झरेर बाटो पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी हार्थोबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

ललितपुर, गोदावारी नगरपालिका-६ टिकाभैरव बिर्खेधारामा पहिरो जाँदा भट्टेडाँडा जाने बाटो अवरोध भएको छ । प्रहरी चौकी टिका भैरवबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठान, सरूमारानी गाउँपालिका-४ पाकुरी खोलास्थित भालुबाङ- रोल्पा सडकखण्डमा सोमबार बिहानदेखि पहिरो झरेर सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बड्डाडाबाट खटिएको प्रहरीले पहिरो हटाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङ, बेसिशहर-मनाङ सडकखण्ड अन्तर्गत पर्ने मर्स्याङदी गाउँपालिका-४ का च्याम्ने, रामबजार र स्यागे घोप्टेभिरमा पहिरो आई सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बाहुनडांडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi