neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दुधसहित पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको पाउडर दुधसहित पक्राउ

Jun 22nd, 2020

धनुषा, असार ९

धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ बाट असार ७ गते एपीएफ टोलीले करीब ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको पाउडर दुधसहित सोही ठाउँ बस्ने २६ बर्षिय बिजय मण्डललाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई उल्लेखित पाउडर दुधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज मण्डललाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

चोरीपैठारीको सामान बरामद

रौतहट जिल्लाको गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट असार ७ गते एपीएफ टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले असार ७ गते करीब एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट र सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi