neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार

प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार

Jun 22nd, 2020

काठमाडौँ, ८ असार

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गर्नुभएको छ । आज प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताउनुभयो । उहाँले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने भन्दै प्रतिष्ठानले सरकारको ‘थिंक ट्याङ्क’का रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लैजानुपर्ने बताउनुभयो । सरकारको सचिव पदबाट सेवानिवृत्त हुनुभएका डा खनाललाई केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशकमा पुण्यप्रसाद न्यौपानेको कार्यकाल सकिएपछि डा। खनाल नियुक्त हुनुभएको हो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi