neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरमा प्रहरी उपरिक्षकको विदाई र सहायक प्रजिअको स्वागत

भक्तपुरमा प्रहरी उपरिक्षकको विदाई र सहायक प्रजिअको स्वागत

Jun 22nd, 2020

भक्तपुर, असार ८

भक्तपुुर जिल्लाको सेवा कार्यकाल सम्पन्न गरी सरुवा हुुन लागेका प्रहरी उपरिक्षक सविन प्रधान र भक्तपुुर जिल्लाको नयां कार्यकालका लागि आएका नयाँ सहायक प्रमुुख जिल्ला अधिकारी दुुर्गा दत्त ढकाललाई एक कार्यक्रमकाबीच आज भक्तपुर उद्योग वाणिज्य संघमा विदाई तथा स्वागत कार्यक्रम एकैसाथ आयोजना भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दे संघका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद मानन्धरले जिल्ला प्रशासन, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघबीच विगत लामो समयदेखि सुुमधुर सम्बन्ध रहि आएको र उक्त सम्बन्धलाई अझ मजबुत बनाउनमा प्रहरी उपरिक्षक प्रधानको योगदान महत्वपुुर्ण रहेको बताए । यसै गरी नयाँ आएका सहायक प्रमुुख जिल्ला अधिकारी ढकालबाट आगामी दिनमा जिल्लाको आर्थिक सामाजिक विकासका लागि महत्वपुुर्ण भुुमिका खेल्नुुहुुने बिश्वास पनि संघले लिएको छ ।

सो अवसरमा प्रहरी उपरिक्षक प्रधानले प्रहरीको प्रमुुख जिम्मेवारी भनेको जिल्लाको शान्ति सुुरक्षा कायम गर्नुु रहेको बताउँदै आफ्नो कार्यकालमा जिल्लामा कुुनैपनि अप्रिय घटना नघट्नुमा उद्योग वाणिज्य संघको भुुमिका अहम भएको बताए । त्यस्तै उनले मौजुुदा प्रतिकुुल परिस्थितिमा पनि सामाजिक वातावरणलाई सहज बनाउन उद्योग वाणिज्य संघले प्रशासनसंग नियमित समन्वयमा रही कार्य गरेको प्रति प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ढकालले प्रशासन र व्यवसायीबीच हुुनसक्ने असमझदारीलाई मध्यस्थता गर्ने कार्यमा उद्योग वाणिज्य संघको भुुमिका महत्वपुुर्ण हुुने बताए । त्यस्तै कार्यक्रममा संघका पुुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कृष्ण प्रसाद अवालले समाज र समुुदायका लागि राम्रो कार्य गर्ने व्यक्तिहरु मात्रै स्वागत र विदाईका हकदार हुने बताए । यसैगरी उनले मौजुुदा कोरोना संक्रमणको विषम परिस्थितिमा सबै क्षेत्रको समन्वयमा सुुझबुुझ सहित कार्य नगर्ने हो भने यसबाट विकराल समस्या सिर्जना हुुन सक्नेतर्फ पनि सचेत गराए । सो क्रममा संघका वस्तुुगत तर्फका उपाध्यक्ष रोशन भोयद्योले धन्यवाद ज्ञापन गर्दे प्रशासन र उद्योग वाणिज्य संघको समन्वयमा जिल्लामा अझै धेरै उदाहरणीय कार्यहरु गर्न सकिने बताए ।

कार्यक्रममा विदाई भएका प्रहरी उपरिक्षकलाई मायाको चिनो सहित विदाई गरिएको थियो भने नयाँ आएका सहायक प्रमुुख जिल्ला अधिकारीलाई ढाकाको मफलर र फुुलको गुुच्छा सहित स्वागत गरिएको थियो ।