neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३७० जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २१४२ पुग्यो

थप ३७० जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २१४२ पुग्यो

Jun 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार ८

कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ३७० जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ३३८ जना पुरुष र ३२ जना महिला रहेको गौतमले बताए ।

योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या २१४२ पुगेको छ । जसमा महिला १६१ र पुरुष १९६१ जना रहेका छन् । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ भने बितेका २४ घण्टामा कसैको पनि मृत्यु भयको छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi